काठमाडौं।नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दाैडबाट बाहिरिने भएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पाैडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारकाे बदला लिने रणनीतिमा उनी थिए ।
तर, संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पाैडेल सभापतिमा लड्ने सम्भावना झिनाे बन्दै गएकाे हाे । किन कि सभापतिका आकांक्षी शशांकले काेइरालाले तीन दिन अघि नै ‘रामचन्द्र दाइका लागि सभापतिबाट पछि हट्ने’ बताएका थिए ।
तर, यसबीचमा पनि संस्थापन इतरबाट साझा उम्मेदवारमा सहमति जुट्न सकेकाे छैन ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । शेखर पनि सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा छन् । अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ ।
देउवालाई सिटाैलापछि श्रेष्ठकाे साथ
१३औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका देउवा पुन: सभापतिकाे दाबेदारीमा छन् । इतर पक्ष उपगुटमा चुनाव लड्ने माहाेल बनेपछि उनले आफूलाई अनुकुल महसुस गरिरहेका छन् ।
देउवालाई नेता कृष्णप्रसाद सिटाैलाले साथ दिइसकेका छन् । यसअघि आफू पनि सभापतिकाे आकांक्षी बताउँदै आएका नेता गाेपालमान श्रेष्ठले देउवालाई साथ दिने भएका छन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् ।
देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका थिए । तर, निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिएका हुन् ।
शुक्रबारबाट सुरु भएकाे कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनाेनयन दर्ताकाे कार्यतालिका छ । निर्वाचन भने साेमबार हुनेछ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend