Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाले प्रतिनिधिलाई भने- मलाई यसपटक जिताइदिनुस्


    शुक्रबार, मंसिर २४ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सभापतिमा जिताइदिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

    शुक्रबारबाट सुरु नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका हुन् । 

    उनले डर र त्रासबाट मुक्त शासन ल्याउनका लागि आफूले जित्नु पर्ने बताएका हुन् । 

    कांग्रेसको सरकार रहिरहे स्थानीय सरकार आफ्नै हुने उनको भनाइ थियो। ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ। राष्ट्रिय सरकार कांग्रेसको हुनेछ। त्यसका लागि मलाई यसपटक जिताइदिनुस्।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार