Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मोदीले दिए कांग्रेस महाधिवेशन सफलताको शुभकामना : हर्षवर्द्धन


    शुक्रबार, मंसिर २४ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय जनता पार्टीले नेपाली कांग्रेसको शुक्रबारबाट सुरु भएको १४औँ महाधिवेशनको सफताको शुभकामना दिएको छ । 

    काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा भाजपा नेता हर्षवर्द्धनले भाजपा अध्यक्षसहित नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएको जानकारी दिए । 

    नेपाल-भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने बताए । 

    भूकम्प जाँदादेखि कोरोनाभाइरस संक्रमण महामारीका बेला पनि भारतले नेपाललाई सहयोग गरेको उनको भनाइ छ ।

    कोरोनाभाइरसविरुद्धको खोप तुरुन्त पठाएर महामारी नियन्त्रणमा नेपाललाई भारतले सहयोग गरेको भन्दै उनले दैनिक नेपाल भारतबीचको सम्बन्ध झनै घनिष्ट बन्दै गएको बताए । 

    हर्षवर्द्धनले कांग्रेसकाे याे महाधिवेशनमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएकाे देख्न पाउँदा खुसी लागेकाे बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार