काठमाडौं । नेपाली कांग्रेसभित्र एउटै खेमा भए पनि जिल्लादेखि प्रदेशसम्म आ-आफ्नै गुट चलाइरहेका छन् केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक । वडा, पालिकादेखि जिल्लासम्म यी दुईबीच यति अन्तर्द्वन्द्व छ कि जसले गर्दा जिल्ला सभापतिमा आ-आफ्नै उम्मेदवार भिडाए ।
जिल्ला सभापतिमा एनपी खेमा छाडेर रमेश खेमामा लागेका पदम बोगटी निर्वाचित भए । एनपीका सारथी संविधानसभा सदस्य बहादुरसिंह थापा पराजित भए । पार्टीको प्रदेश कार्यसमितिमा पनि यी दुई नेताबीच चर्को गुट देखियो । जसकारण सभापति शेरबहादुर देउवाको आग्रहमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर साझा उम्मेदवारका रूपमा प्रदेशमा झर्नुपर्यो । उनी प्रदेश सभापति बने ।
वडादेखि प्रदेश कार्यसमितिसम्म देखिएको साउद र लेखकको गुटगत तिक्तता, प्रतिस्पर्धा केन्द्रीय महाधिवेशनमा भने मत्थर भएको देखिएको छ । बिहीबारको केन्द्रीय कार्यसमिति बैठकपछि दुवै नेता भलाकुसारी गरिरहेको भेटिए । बैठकपछि बाहिर निस्किने क्रममा तेस्रो तलामा एनपीले रमेशलाई बोलाउँदै भने, ‘अहिले ४ बजे बैठक बस्ने भनेका छाैं । त्यहाँ आउनुहोला ।’ जवाफमा रमेशले भने, ‘ए । हुन्छ म आउँछु । सरसल्लाह गर्नुपर्छ ।’
खासमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट बनाउनुपर्ने केन्द्रीय सदस्यको नामावली टुंगो लगाउन एनपीलाई निर्देशन दिएका थिए । आफ्नो टिममा केन्द्रीय सदस्यका उम्मेदवार टुंग्याउन देउवाले एनपीलाई नेताहरूसँग छलफल गर्न दिएको निर्देशनअनुसार एनपीले रमेशलाई आग्रह गरेका हुन् । उक्त आग्रहलाई सकारात्मक रूपमा लिँदै रमेशले हुन्छ भनेका हुन् ।
अहिले धोवीखोलाको एक रिसोर्टमा एनपी, रमेश, प्रदेश अध्यक्ष वीरबहादुर बलायरलगायत नेताहरु प्रदेशबाट केन्द्रीय सदस्य छान्न बसिरहेका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend