काठमाडौं । भारतीय सेनाका प्रमुख एवं पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत र उनकी पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ ।
रावको मृत्युपछि पाकिस्तानी सेनाले एक ट्विट गर्दै दुख व्यक्त गरेको छ। पाकिस्तानी सनोले आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट ट्विट गर्दै भनेको छ, ‘जनरल नदीम रजा, जनरल कमर वाजेद बाजवा र सिओएएस ( चीफ अफ द आर्मी स्टाफ) भारतमा भएको हेलिकप्टर दुर्घटनामा सीडीएस जनरल विपिन रावत, उनकी श्रीमती र अन्य मानिसहरुको दुर्भाग्यपूर्ण मृत्यसबारे आफ्नो समवेदना प्रकट गर्दछौं।’ पाकिस्तानका सारा व्यक्तिहरुले पनि सिडिएस रावतको मृत्युबारे दुख व्यक्त गरिरहेका छन्। कतिपय व्यक्तिले रावतको मृत्युको खबरले स्तब्ध बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
