काठमाडौं। लेखक, साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित ‘जनताको बहुदलीय जनवाद: फरक बहस’ र ‘असमान पहाडहरू’ कवितासङ्ग्रहमाथि अन्तर्क्रिया सम्पन्न भएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुवै पुस्तक सार्वजनिक पनि गरिन् ।
‘जनताको बहुदलीय जनवाद: फरक बहस’माथि टिप्पणी गर्दै लेखक निलमकुमार ओझाले यस पुस्तकमा घनेन्द्रले नेपाली राजनीतिमा ७ दशकदेखि टुट-फुटको शृंखलाले थिलथिलो भएको कम्युनिस्ट आन्दोलनको चिरफार गरेको बताए । साथै, यस पुस्तकमा नेपाली राजनीतिको केन्द्रमा ३ दशकदेखि निरन्तर रहेको नेकपा एमालेको मार्गदर्शन भनिएको जबजको कार्यान्वयनमा देखिएका कमजोरीबारे पनि मिहीन ढंगले केलाएको उनको भनाइ थियो ।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अमृत तिमल्सिनाले जबजभित्रका कम्युनिस्टविरोधी पक्षबारे उल्लेख गर्दै नेकपा एमाले र नेपाली कम्युनिस्ट आन्दोलनलाई परिमार्जन गर्न लेखक ओझाले पुस्तकमार्फत सुझाव दिएको बताए । उनले यस पुस्तकलाई ‘गाली महात्म्य’का रूपमा मात्र नहेरेर आलोचनात्मक सुझावका रूपमा पनि लिन सकिने उल्लेख गरे ।
नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कम्युनिस्ट आदर्श र जबजबीच मेल नखाने भन्दै लेखक ओझाले पुस्तकमा त्यही तथ्यलाई केलाएको बताए
‘असमान पहाडहरू’ कवितासङ्ग्रहबारे टिप्पणी गर्दै डा. बालाकृष्ण अधिकारीले घनेन्द्रको बहुआयामिक व्यक्तित्व भएको र उनको काव्यकारिता पनि सशक्त रहेको बताए । डा. अधिकारीले सरल र बोधगम्य भाषा, शैलीमा समसामयिक र मनवीय जीवनका यावत् पक्षलाई कविले आफ्ना कवितामा सशक्त ढंगले प्रस्तुत गरेका उल्लेख गरे ।
समालोचक डा. ज्ञानु पाण्डेले कविताप्रतिको प्रस्ट दृष्टिकोण भएका घनेन्द्रको कविता रचना पनि प्रस्ट भएको बताइन् । उनले कवितासङ्ग्रहका कविताहरूमा दार्शनिक अभिव्यक्ति सरल तरिकाले गरिएको भन्दै यो कवितासङ्ग्रह नेपाली काव्य फाँटको सुन्दर उपलब्धि भएको धारणा राखिन् ।
नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले घनेन्द्र वामइतर विचारधारामा विश्वास गर्ने भए पनि उनका कवितामा प्रशस्त प्रगतिशीलता पाइने उल्लेख गरे । जीवनका निराश पक्षसँगै आशावादिता र समुन्नत समाजको परिकल्पना घनेन्द्रका कवितामा पाइने पौडेलको भनाइ थियो ।
लेखक ओझाले आफू साहित्यमा र राजनीतिमा पनि रुचि राख्ने भएकाले साहित्य सिर्जनासँगै राजनीतिक विश्लेषणमा सक्रिय रहेको बताए । २०४९ सालयता नेपाली राजनीतिमा साह्रै धेरै चर्चामा रहेको जबजबारे अध्ययन गर्दा जबज नेपाली कम्युनिस्ट आन्दोलनको सहायक नभएर बाधक भएको देखिएपछि यो पुस्तक लेख्नुपरेको ओझाको भनाइ थियो ।
प्रमुख अतिथि शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जबजबारे विभिन्न कोणबाट एमालेभित्रै बहस भइरहेका र अहिले नेकपा (एस)मा पनि यसबारे बहस चलिरहेको बताइन् । उनले जबजको सान्दर्भिकतामाथि प्रश्न उठिरहेका बेला ओझाको जबजबारे आलोचनात्मक पुस्तक आएको उल्लेख गरिन् । न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend