Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेस संस्थापन इतरले आज पनि सकेन साझा उम्मेदवार छान्न


    बुधबार, मंसिर २२ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साझा उम्मेदवार तय गर्नका लागि चाक्सीबारीमा बसेको संस्थापन इतरको बैठक सकिएको छ । 

    बुधबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले कांग्रेसको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार चयन गर्न नसकेको हो । 

    अब भोलि सभापतिका आकांक्षी बाहेकको बैठक बसेर निष्कर्ष निकालेर पुन: आकाक्षीसँग बस्ने तयारी गरिएको नेता गुरु घिमिरेले जानकारी दिए । 

    वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला साझा उम्मेदवार चयनका लागि लचिलो हुन तयार भएपनि शेखर कोइराला र प्रकाशमान अडानबाट पछि नहट्दा समस्या भएको बैठकपछि नेता घिमिरेले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार