Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्रका बीओपी इन्चार्जको सेटिङमा केराउदेखि पेट्रोलसम्म तस्करी


    बुधबार, मंसिर २२ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  वीरगंज । सशस्त्र प्रहरी बलको मिलेमतोमा भिस्वा नाकाबाट व्यापक रुपमा भन्सारछलीका सामान भित्रने गरेको छ । यसअगाडि पनि सशस्त्रको भिस्वा बीओपीबाट १ बर्षमा दुई वटा इन्स्पेक्टर तस्करी काण्डमा नै मुछिएर तानिएपछि अहिले तेस्रो इन्स्पेक्टरका रुपमा राजेश्वर साहलाई खटाइएको छ ।

     वीरगंजमै घर रहेका सशस्त्र प्रहरी निरीक्षक साहलाई पठाइएपछि झन् तस्करीमा बृद्धि भएको छ । पहिला साह नेपाल प्रहरीमा हुँदा भिस्वा चौकी बसेर गएको हुँदा उनलाई त्यहाँको तस्करीको बारेमा सबै कुरा थाहा भएको र उनी धेरै दिनदेखि पर्साको १३ नः गणमा नै बसेको र उनको पर्सामा नै घर भएका कारण उनको तस्करसँग राम्रो उठबस र चिनजान रहेको छ ।

    सशस्त्र प्रहरी बीओपी भिस्वा बन्जारीका इन्स्पेक्टर राजेश्वर साहसँग सेटिङ मिलाएर दैनिक लाखौँ मूल्य बराबरको सुपारी, केराउ, मरीच, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप दन्तमन्जन जस्ता कस्मेटिक सामान, पेट्रोल, नेपाली मदिरा नेपालबाट भारततर्फ तस्करी भइरहेको छ ।

     भिस्वा नाकाबाट तस्करी भइरहेको बारेमा विभिन्न संचारमाध्यममा समाचार आइरहेको र उक्त बिओपीबाट पटक पटक तस्करी काण्डमा मुछिएर इन्चार्ज तानिए पनि भन्सार छलीका सामान ल्याउने र लाने क्रम रोकिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार