Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ कलेजलाई निर्देशन


    बुधबार, मंसिर २२ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले नर्सिङको प्रमाणपत्र तहमा शैक्षिक सत्र २०७८-०७९ का लागि भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।

    सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै नर्सिङको प्रमाणपत्र तहमा शैक्षिक सत्र २०७८-०७९ का लागि भर्ना नलि ती कलेजलाई निर्देशन दिएको हाे ।

    ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुने सीटीईभीटीले जनाएको छ ।

    त्यस्तै ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्नुपर्ने सीटीईभीटीले जनाएको छ ।

    CTEVT.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार