Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिटौला फकाउन निवासमै पुगे रामचन्द्र, आफूलाई सहयोग गर्न आग्रह


    बुधबार, मंसिर २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार चयन गर्न अन्तिम रस्साकस्सी चलिरहेको बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् ।

    बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफलको बीचमै निस्किएका पौडेल सिटौलालाई भेट्न सिटौला निवासमै पुगेका हुन् ।

    छलफलमा वरिष्ठ नेता पौडेलले पार्टी सभापतिमा आफूलाई निर्वाचित गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर सिटौलाले आफ्ना टीमका अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका छन् ।

    पौडेल समूहबाट नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार