Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफगानी शरणार्थीकाे प्रवाह बढ्दाे, अ‍ार्थिक सहयाेग गर्न राष्ट्रसंघकाे आह्वान


    बुधबार, मंसिर २२ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । शरणार्थीका लागि राष्ट्रसंघका उच्च अ‍ायुक्त फिलिपाे ग्रान्डीले विश्वका विभिन्न मुलुकमा अफगान शरणार्थीकाे संख्या बढ्ने चेतावनी दिएका छन् । वर्षाै‌देखि युद्धका कारण तहसनहस भएकाे अफगानिस्तानमा अ‍ार्थिक स‌ंकट चुलिएकाे छ । ‘उच्च जीविकाेपार्जनकाे खाेजीमा अफगानिस्तानबाट बाहिरने शरणार्थी प्रबाह दिनहुँ बढिरहेकाे छ, ‘ ग्रान्डीले भने । अफगानिस्तानमा मानवीय संकट चुलिएकाे राष्ट्रसंघले जनाउदै अ‍ाएकाे छ । 

    अफगानिस्तानकाे कूल चार कराेड जनसंख्यामध्ये अ‌ाधा कराेड जनसंख्या याे हिउँदमा भाेकमरीकाे चपेटामा पर्ने राष्ट्रसंघले जनाउदै अ‍ाएकाे छ ।  

    राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा ५०० डलर पुगेको थियो । अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलर हुने राष्ट्रसंले प्रक्षेपण गरेको छ । अहिलेकै अवस्था रहेमा वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात १४ अर्ब  डलरमा खुम्चिने पनि राष्ट्रसंघले अनुमान गरेको छ ।

    १५ अगस्टमा तालिबानले सत्तापलट गरेपछि विभिन्न दातृ समुदायले यसअघि दिँदै अ‌ाएकाे सहयाेग राेक्का गरेका छन् । 

    तालिवानले सत्ता सम्हालेपछि अफगान सर्वसाधरण नागरिक पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तानलगायतका देशमा शरण लिइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार