Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद


    बुधबार, मंसिर २२ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • संखुवासभा । संखुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दाेषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेकाे  छ ।

    १३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेकाे हाे ।

    न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडिले राहत कोषमा  २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए ।

    पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेकाे थियाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार