Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस अधिवेशनमा गोली पड्काउने अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजीत


    बुधबार, मंसिर २२ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मलंगवा । सर्लाहीमा गोली नै पड्काएर कांग्रेसको अधिवेशन हुन नदिएर विवादमा परेका अमरेश सिंह अन्ततः महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

    सर्लाही ४ मा मंगलबार सम्पन्न निर्वाचनमा सिंहले लज्जास्पद हार व्यहोरेका हुन् । 

    निर्वाचन कार्यालयका अनुसार निर्वाचित हुनेहरूले ५ सयभन्दा बढी मत पाउँदा सिंहले जम्मा २४८ मत मात्र पाएका छन् । 

    उनी प्रदेश सांसद एवं प्रदेश २ का मन्त्री सुरेन्द्रकुमार सिंहसँग पराजित भएका हुन् । उक्त क्षेत्रमा सुरेन्द्रको प्यानलनै बिजयी भएका छन्। 

    सिंहकै अवराेधका कारण सर्लाहीमा निर्वाचन पटक पटक सरेकाे थियाे । विवादका कारण गाेलीसमेत चलेकाे थियाे ।  

    महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि  मधेसकाे काेटाबाट सहमहामन्त्री लड्ने सिंहकाे याेजना विफल भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार