Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शशांक भन्छन्- रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार छु


    मंगलबार, मंसिर २१ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका छन् ।

    प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छोड्न तयार भएको बताएका छन् ।

    रामचन्द्र पौडेलले एकपटकका लागि आफूलाई छोडिदिन भनेकाले आफू छोड्न तयार भएको उनले बताएका छन् । उनले अरुका नाममा सहमति भयो भने पनि उनीहरू पनि छोड्न तयार हुनुपर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार