Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस अधिवेशन: सर्लाही–४ मा मतदान जारी


    मंगलबार, मंसिर २१ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा  अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको छ । गोडैता नगरपालिका–५ रामवनमा अधिवेशन भइरहेको छ ।  

    अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन् । करिब ८०० मतदाता छन् । 

    अमरेश र वीरेन्द्र दुवै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका छन् । अमरेश र वीरेन्द्र पक्षबीचकै विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको थिएन । 

    अहिले क्षेत्र नम्बर १ र ४ मा मतदान भइरहेको छ भने ३ मा प्रक्रिया सुरु भएको छ । क्षेत्र नम्बर ३ मा बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार