Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र


    मंगलबार, मंसिर २१ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । 

    भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 

    ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको १७ वटा आरोप लगाइएको छ । 

    बारले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सोही ज्ञापनपत्र बुझाएको थियो । जबराको राजीनामा माग्दै निरन्तर बार आन्दोलनमा रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार