काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालै नयाँ नेतृत्व पाएको छ । युवा नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षको रूपमा पाएको राप्रपा अहिले आन्तरिक तुषमा फसेको देखिन्छ । पूर्वराजपरिवारको हस्तक्षेपले लिङ्देन अध्यक्ष बनेको र आफू पराजित भएको आरोप निवर्तमान अध्यक्ष कमल थापाले लगाएका छन् ।
नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा नगई सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेर बसेका थापाले पार्टी फुटाउन र नयाँ पार्टी गठन गर्न लागेको चर्चा चलेको छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पदभार ग्रहण गर्दा आफू महामन्त्री हुँदा बस्ने गरेको कोठा र कुर्सी प्रयोग गर्नुलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । थापा नयाँ नेतृत्वसँग निकै असन्तुष्ट रहेको र उनले नयाँ पार्टी खोलन लागेको हल्लालाई बल पुगेको छ ।
तर, थापानिकट एक नेताका अनुसार उनलाई पार्टी फुटाउन गीता छोएर र ताप्लेजुङस्थित पाथीभारा देवीको मन्दिरमा खाएको कसम बाधक बनेको छ ।
थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको गरेको राप्रपाबीच एकीकरण घोषणा कार्यक्रममा अध्यक्षत्रयले अब पार्टी नफुटाउने भन्दै गीता छोएर कसम खाएका थिए । यसलाई गत बुधबार (१५ मंसिर)मा पार्टी एकता महाधिवेशनको उद्घाटन सत्रमा पनि अध्यक्षत्रय थापा, जबरा र लोहनीले स्मरण गरेका थिए ।
योसँगै निवर्तमान अध्यक्ष थापा र नवनिर्वाचित अध्यक्ष लिङ्देन पाथीभारा मन्दिरमा गएर अब पार्टी नफुटाउने र सँगैसँगै रहिरहने कसम खाएका थिए । जुन अहिले पार्टी फुटाउन थापालाई बाधक बनेको राप्रपाका नेताहरू बताउँछन् ।
२०७५ को दशैं र तिहारको बीचमा थापा र लिङ्देनले पाथीभारा मन्दिरमा गएर पार्टी नफुटाउने र सँगै रहने कसम खाएका थिए । ‘तत्कालीन अध्यक्षज्यू थापा र महामन्त्री लिङ्देनले पाथीभारा मन्दिरमा पार्टी नफुटाउने र सँगसँगै रहने कसम खानुभएको थियो’, राप्रपाका एक नेताले न्युज कारखानासँग भने, ‘यसर्थ उहाँले पार्टी फुटाउनु हुन्न होला ।’
थापानिकट एक नेताका अनुसार पनि थापा तत्कालै पार्टी फुटाउने मनस्थितिमा छैनन् । ‘अहिले नै निवर्तमान अध्यक्षज्यूले पार्टी फुटाउने मनस्थिति बनाइसक्नुभएको छैन’, थापानिकट ती नेताले न्युज कारखानालाई भने, ‘थापा र लिङ्देनले सँगै रहने पाथीभारामा कसम पनि खानुभएको थियो । सायद त्यही भएर होला अहिले नै पार्टी फुटाउने मनस्थिति बनाउनु भएको छैन ।’
पाथीभरा मन्दिरमा नेताद्वय थापा र लिङ्देनले कसम खाएपछि १५–३० फागुन २०७५ मा ताप्लेजुङबाट राप्रपाले मेची-काली स्वाभिमान यात्रा निकालेको थियो । सोही कसम र प्रतिबद्धताले अहिले थापालाई नयाँ पार्टी खोल्न बाधक रहेको नेताहरूको बुझाइ छ ।
तर, थापा भने आगामी रणनीतिबारे आफूनिकट नवनिर्वाचित पदाधिकारी र सदस्यसहित नेताहरूसँगको छलफल गर्ने तयारीमा छन् । ‘उहाँ (कमल थापा)ले अहिले नै पार्टी फुटाउने मनस्थिति बनाउनु भएको छैन’, थापानिकट ती नेताले भने, ‘तर, आफूनिकटका नेताहरूसँग बसेर अब गर्ने भन्ने विषयमा भने निर्णय लिनेछन् । उहाँ केही दिनमै नवनिर्वाचित पदाधिकारी र सदस्यसहित शीर्षनेताहरूसँग छलफल गरेर आगामी रणनीति बनाउने तयारीमा हुनुहुन्छ ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend