Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६ घण्टाका लागि भारत आएका रुसी राष्ट्रपति पुटिनले के भने ?


    मंगलबार, मंसिर २१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर भएको भारतले जनाएको छ । भारतले यो भ्रमण ‘छोटो तर महत्वपूर्ण’ भएको बताएको छ ।

    रुसी राष्ट्रपति पुटिनले सोमबार भारत भ्रमण गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । यो भ्रमणमा उनी भारतमा मात्र ६ घण्टा बसे ।

    परराष्ट्र सचिव हर्षवर्धन श्रृङ्लाले राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच भएको कुराकानीको जानकारी दिए।

    परराष्ट्र सचिव श्रृङ्लाले भने, ‘राष्ट्रपति पुटिनको भ्रमण छोटो तर निकै महत्वपूर्ण र सम्बन्धलाई मजबुत बनाएको छ । यस क्रममा धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको थियो ।’

    उनले दुई देशका नेताबीच राम्रो छलफल भएको र त्यसमा द्विपक्षीय व्यापार र लगानीजस्ता विषयले विशेष स्थान पाएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार