काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा संस्थापन इतरपक्षकै चार जनाबीच कुनै सहमति नहुने देखिएपछि हालका सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा जित हात पार्न सहज देखिएको छ ।
यद्यपि, संस्थापन इतरका नेताहरू अन्तिम समयसम्म पनि एकजुट हुँदै देउवालाई कडा टक्कर दिने गृहकार्यमा जुटेका छन् ।
काग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका नेता शेखर कोइराला भने पार्टीमा आमूल रूपान्तरणका लागि आफूले सभापतिमा उम्मेदवारी दिएकाले आफ्नो जित हुने दाबी गरेका छन् ।
सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग अन्तक्र्रिया गर्दै कांग्रेस नेता कोइरालाले संस्थापन इतरका चार नेताहरू एकजुट हुने हो भने देउवालाई सभापतिमा सजिलैसँग पराजित गर्न सकिने बताए । राजधानी दैनिकबाट