खोटाङ। पार्टीको महत्त्वपूर्ण पदमा पुग्नका लागि कपाल फुलाउने कैयौं नेता तथा कार्यकर्ता छन् । विभिन्न पार्टीभित्र हुने पदको दौडमा कतिपय सफल हुन्छन् त कतिपय असफल । कतिपय चाहेको पदमा नपुग्दै राजनीतिबाट किनारा लाग्न पुग्छन् । नेतृत्वमा पुग्ने दौडमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका २३ वर्षीय राकेश परियारले भने आफूभन्दा ‘सिनियर’लाई पछि पारेका छन् ।
युवा उमेरमै परियार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । नेता मान्दै आएका दा(दाइहरु)लाई उनले उछिनेका छन् । प्रतिस्पर्धाका क्रममा उनलाई राजनीतिमा डोर्याउने नेता नै पछि परेका छन् ।
कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनमा परियारले ५९६ मत ल्याउँदा उनका प्रतिष्पर्धीले ३६१ मत पाएका थिए ।
खोटाङबाट कांग्रेसका २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । त्यसमध्येका कान्छो प्रतिनिधि बनेका छन्, राकेश । क्रियाशील सदस्यता लिएको दशकौंसम्म पनि महाधिवेशन प्रतनिधि हुने कतिपयको सपना पूरा हुन सकेको छैन । तर, राकेशले पार्टीको क्रियाशील सदस्यता लिएकै वर्ष महाधिवेशन प्रतनिधिमा फड्को मारेका हुन् ।
स्थानीय तहको निर्वाचनअघि उनी तरुण दलको हलेसी तुवाचुङ नगर समितिका सह–सचिव बनेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि कांग्रेस निकट दलित संघको जिल्ला सदस्य, नेविसंघका जिल्ला सदस्य र वर्ष दिनअघि तरुण दल दलित तथा विपन्नको केन्द्रिय सदस्य बनेका थिए ।
‘पार्टीमा लामो समयदेखि खट्दै आएको थिएँ । ५ वर्षअघि तरुण दलको नगर समितिमा संगठित भएर राजनीतिमा औपचारिक प्रवेश गरेको हुँ,’ परियारले भने, ‘पार्टी राजनीतिका माध्यमबाट सिंगो दलित समुदायको उन्नतीका लागि पसिना बगाउने सोचमा छु ।’
जिम्मेवारीका हिसावले उनी कतिपय अग्रज नेताभन्दा माथि उक्लेका छन् । आफूले नेता मान्दै आएका अग्रजभन्दा अगाडिको वरियतामा उपस्थिति जनाउनुपर्ने अवस्थामा उनलाई अप्ठ्यारो लाग्छ । कार्याकर्ता मान्दै आएका राकेशलाई आफूभन्दा माथिल्लो वरियतामा देख्दा कतिपय अग्रजलाई पनि अप्ठ्यारो परेको देख्न सकिन्छ ।
यस्तै, २१ वर्षीया अनुष्का बस्नेत कांग्रेसको जिल्ला सदस्यमा निर्वाचित भएकी छन् । सदस्य खस आर्य महिलातर्फ ६०१ मत ल्याएर बस्नेत जिल्ला सदस्य चुनिएकी हुन् ।
यस्तै, २४ वर्षीया गोमा राई पनि केपिलासगढी गाउँपालिकाको महिलातर्फबाट जिल्ला सदस्यमा निर्वाचित भएकी छन् । गोमाले ५२९ मत ल्याएर जिल्ला सदस्य चुनिएकी हुन् । बस्नेत ७ पुस २०५७ र राई ७ कात्तिक २०५४ मा जन्मिएकी हुन् ।
यतिबेला कांग्रेस, एमाले र माओवादी केन्द्र अधिवेशनमा केन्द्रि हुँदा युवाहरुको राजनीतिमा बलियो उपस्थिति देखिएको छ । न्यूज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend