Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कमल थापाको कुर्सीमा बसेनन् लिङ्देन, भने- दुनियाँलाई देखाऔं भनेर अध्यक्ष पदको दाबी गरेकाे होइन


    सोमबार, मंसिर २० २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तत्कालीन अध्यक्ष कमल थापाको कार्यकक्ष प्रयोग गरेका छैनन् ।

    लिङ्देन आज पदभार ग्रहण गर्दै पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर आफूले उनकाे कोठा प्रयोग नगरेकाे बताए । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नवीन ढंगले लैजानुपर्यो भन्ने आम जनता र पार्टी कार्यकर्ताको चाहनालाई मात्रै आफूले प्रतिनिधित्व गरेको भन्दै उनले पूर्वअध्यक्षहरु बस्ने कुर्सीमा बस्ने चाहनाले अध्यक्ष पदमा प्रतिस्पर्धा नगरेको बताए । 

    उनले अगाडि भने, ‘त्यहाँ बैठक गर्ने, जाने त मैले पनि गर्छु, तर उहाँहरुलाई आउन, बस्न सजिलो होस् भनेर त्यसलाई हाम्रो नेतात्रयका लागि सुरक्षित बनाएको हुँ ।’

    म राष्ट्रिय प्रजातन्त्र पार्टीमा मेरा श्रद्धेय नेताहरु बसेकै कुर्सीमा बसौं र म पनि त्यहाँ बसेर इच्छा पूरा गरौं, दुनियाँलाई देखाऔं भन्ने रहरले अध्यक्ष पदको दाबी गरेर आएको मानिस होइन,’ लिङ्देनले भने, ‘त्यहाँ फेरि पनि हाम्रा अध्यक्षत्रयहरु, हाम्रा नेताहरु र खासगरी जहाँ कमल थापा बस्दै हुनुहुन्थ्यो त्यहाँ फेरि पनि उहाँ आफ्नो अभिभावकको रुपमा नेताको रुपमा आउनुपर्छ, सजिलो होस् भनेर त्यो कोठालाई सुरक्षित राखेको हो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार