Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजदूत नियुक्ति समावेशी नभएकाे सांसदहरूकाे गुनासाे


    सोमबार, मंसिर २० २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ । 

    प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् । 

    एमालेका सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्तमा  समावेशीबारे प्रश्न उठाएका छन् । 

    पुष्पा भुसाल  

    सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन  । उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो । आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ ।  

    सुमनराज प्याकुरेल

    राजदूत नियुक्ति समावेशी छैन । समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्छ । समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौं । अर्काे बैठक बसेर सुनुवाइ अगाडि बढाउँ ।  

    लक्ष्मणलाल कर्ण : समिति सभापति 

    राजदूत नियुक्तिमा कानुन बमोजिम मात्रै भनेको छ । अब आउनेमा समावेशी गर्ने हो । यसको जवाफ विगतका सरकारबाट आएन । यो विषय अहिले थाती राखेर निर्णय प्रक्रियामा जान्छौं । बाँकी कुरा कानुन बमोजिम हुनेछ । समावेशी विषयमा हामी आफँै चिन्तित छौं । धेरैपल्ट सरकारलाई निर्देशन गरिसक्यौं । सरकारले के गर्ने हो थाहा छैन । यसको हामी सुनुवाइ गरेर निर्णय गरौं । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार