Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँमा गोली लागेर युवकको मृत्यु


    सोमबार, मंसिर २० २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

    शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

    प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए। पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार