Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् कांग्रेसको ६ वटा प्रदेशमा सभापतिमा निर्वाचित हुने उम्मेदवारहरु


    सोमबार, मंसिर २० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन ६ वटा प्रदेशमा सम्पन्न भएको छ ।

    प्रदेश २ बाहेकका प्रदेशमा नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ।

    चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ। प्रदेश–१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूह बिजयी भएको छ। 

    यी हुन् प्रदेश सभापतिमा निर्वाचित हुनेहरु
    प्रदेश १ : उद्धव थापा 
    प्रदेश २ : मतदान हुनै बाँकी 
    बागमती : इन्द्र बहादुर बानियाँ 
    गण्डकी: शुक्रराज शर्मा 
    लुम्बिनी: अमरसिंह पुन 
    कर्णाली: ललितजंग शाही 
    सुदूरपश्चिम: वीरबहादुर बलायर 

    प्रदेश–२ मा भने अधिवेशन महाधिवेशनपछि हुने बताइएको छ। प्रदेश–२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार