Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • लिङ्देन भन्छन्- थापा विनाको राप्रपा हामीले कल्पना गरेका छैनाैं, विश्वास छ आगामी दिनमा सँगै हुन्छौं


    आइतबार, मंसिर १९ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापा बिनाकाे राप्रपा आफूहरुले कल्पना नगरेको बताएका छन् ।  

    पार्टीले बोकेको विचारलाई जिवन्त राख्न थापाले देखाएको सक्रियतालाई कहिल्यै अवमूल्यान गर्न नसक्ने भन्दै उनले यस्ताे बताएका हुन् ।

    अहिले पनि पार्टीमा थापाको उत्तिकै खाँचो रहेको भन्दै अध्यक्ष लिङ्देनले भने, ‘आज यहाँ हुनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो । म फेरि पनि विश्वास गर्छु, आगामी दिनमा हामी सँगै हुन्छौं ।’

    पूर्व अध्यक्षहरु थापासँगै पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीबाट अभिभावकीय मात्र होइन, सक्रिय राजनीतिक भूमिकाको अपेक्षा गरेको भन्दै उनले भने, ‘नेतृत्व परिर्वतनको कुरा गरेको तपाईँहरुलाई राप्रपाबाट बाहिर राखौं भनेको होइन । ड्राइभर परिवर्तन गरौं मात्र भनेको हौं ।’

    आइतबार विहान सकिएको मतगणनामा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेर हराएको भन्दै थापा नयाँ कार्यसमितिको सपथ ग्रहणमै गएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार