Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • विमानमै यात्रुको मृत्यु भएपछि अमेरिका उडेको जहाज फर्कियो


    आइतबार, मंसिर १९ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतकाे नयाँ दिल्लीबाट अमेरिकाकाे नेवार्क सहरका लागि उडेकाे विमान पुन: नयाँ दिल्ली फर्किएकाे छ ।

    जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएकाे हाे । ‘मेडिकल अ‌ापतकालका कारण तीन घन्टाकाे उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेकाे एयर इन्डियाकाे विमान नयाँ दिल्ली फर्किएकाे छ , ‘ एयर इन्डियाका एक अधिकारीले भने । 

    विमानस्थल अवतरणपछि चिकित्सकहरुकाे एउटा समूह विमानभित्र विरामीकाे परीक्षण गरेकाे थियाे । समूहले तत्कालै विरामीलाई मृत घाेषित गरेकाे थियाे । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेकाे जनाइएकाे छ । 

    शवलाई साेही विमानमार्फत अमेरिका पठाइएकाे छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार