Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोटाङका दुई नेता राप्रपा केन्द्रीय सदस्य निर्वाचित


    आइतबार, मंसिर १९ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङका दुई नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य जितेका छन् । पूर्वसभासद अर्जुन राई र विजयकला राई (जानुका)ले राप्रपाको केन्द्रीय सदस्य जितेका हुन् । 

    अर्जुन खुला र विजयकला महिलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । अजुर्न यसअघि राप्रपाको ५५ सदस्यीय निर्देशक समिति सदस्य थिए ।

    आइतबार बिहान घोषित अन्तिम मत परिणाम अनुसार राप्रपाको केन्द्रीय अध्यक्षमा कमल थापालाई पछि पार्दै राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार