काठमाडौं । थापाथलीमा टिपरको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । साथै, एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोक जिल्ला पनौती घर भई काठमाडौं सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटा रहेका छन् । यस्तै, घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय आशिष हुमागाईं रहेका छन्।
हुमागाईंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी वृत सिंहदरवारका अनुसार आइतबार बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको जनाएको छ ।