Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो


    शनिबार, मंसिर १८ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ।दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हाे । 

    कम्पनीका अनुसार आयोजनाले दुई सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई नि:शुल्क विद्युत दिनेछ । परीक्षण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । आयोजनाले चैत २०७७ मै उत्पादन सुरु गर्ने भने पनि कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा सात महिना ढिलो गरी विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

    विद्युत  प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाबाट भदाै‌ २०७८ देखि  विद्युत उत्पादन गर्नु पर्ने थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार