काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सुटुक्क भारत भ्रमणमा गएका छन् ।
प्रहरी स्रोतका अनुसार एआईजी पोखरेल बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै भारत गएका हुन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको अवकाशपछि आईजीपी हुने प्रतिस्पर्धामा रहेका एआईजीको भारत भ्रमणलाई शंकाको दृष्टिकोणबाट हेरिएको छ ।
एआईजी पोखरेल एक हप्ताको बिदामा बसेको स्रोतको भनाइ छ । भावी आईजीपीमा एआईजी पोखरेल र एआईजी सहकुल थापाको बिचमा प्रतिस्पर्धा भइरहेको छ ।
आईजीपी क्षेत्री र उनका ब्याचमेटहरु ०७९ वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदै छन् ।