Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • ५ अर्ब ६७ करोड क्षतिपूर्ति दाबी गर्दै सिभिल समूहका अध्यक्ष तामाङविरुद्ध अदालतमा मुद्दा दायर


    शुक्रबार, मंसिर १७ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङविरुद्ध ठगी आरोपमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काे अनुसन्धानकाे आधारमा जिल्ला सरकारी वकिल कार्यालयले तामाङविरुद्ध ५ अर्ब ६७ करोड रुपैयाँ विगो माग दावी गर्दै मुद्दा दायर गरेको हो ।

    सिभिल वचत तथा ऋण सहकारी संस्थामा पैसा वचत गरेकाहरुले आफ्नो रकम फिर्ता नपाएको भन्दै तामाङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी गरेका थिए ।

    त्यसका आधारमा प्रहरीले ठगी मुद्दामा  गत असोज १९ गते सीआईबीले तामाङलाई पक्राउ गरेको थियो ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगाप्रसाद पौडेलले तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अनुसार ठगी र संगठित अपराध मुद्दा दायर गरेको बताए ।

    उनका अनुसार ४२ जना विरुद्ध मुद्दा दायर भएपनि १२ जनामात्रै पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार