Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेस प्रदेश अधिवेशन : बाग्मतीमा केसी, प्रधान र बानियाँको सभापतिमा उम्मेद्‌वारी


    शुक्रबार, मंसिर १७ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बाग्मती प्रदेशमा सभापतिमा तीन जनाको उम्मेद्‌वारी परेको छ । 

    बाग्मती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापति पदका लागि जगदिशनरसिंह केसी, भीमसेन दास प्रधान  र इन्द्रबहादुर बानियाँको मनोनयन दर्ता गरेको हो । 

    उम्मेद्‌वारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन्,  केसी रामचन्द्र पौडेल–कोइराला खेमाका र   बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् । 

    प्रदेश निर्वाचन समिति बाग्मती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेलेका अनुसार सभापतिमा बिहान ८ बजेदेखि २ बजेसम्मको समयमा उनीहरूले उम्मेद्‌वारी दर्ता गराएका हुन् । 

    निर्वाचन अन्तर्गत भोलि १८ मंसिर बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका दुई हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एकजना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार