पोखरा । नेपाली कांग्रेस गण्डकीको नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता सकिएको छ । ५९ सदस्यीय निर्वाचित कार्यसमितिका लागि १५० जनाको उम्मेद्वारी परेको छ ।
संस्थापन पक्षबाट अर्जुन जोशीको नेतृत्वमा प्यानल बनेको छ भने संस्थापनइतरबाट शुक्रराज शर्माको नेतृत्वमा अर्को प्यानल खडा भएको छ । दुवै प्यानलले उम्मेद्वारी दर्ता गराईसकेका छन् । केही पदमा स्वतन्त्र उम्मेद्वारी पनि परेको छ ।
सभापतिमा अर्जुन जोशी र शुक्रराज शर्मा, उपसभापतिमा संस्थापनबाट मेखलाल श्रेष्ठ र नेत्र महत तथा संस्थापनइतरबाट हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले मनोनयन दर्ता गराए । मेखलाल र कल्पना दुवैजना स्याङजाका हुन् ।
महामन्त्रीमा संस्थापनबाट कुमार खड्का र ईश्वर पाण्डे तथा संस्थापनइतरबाट किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले उम्मेद्वारी दिएका छन् । पाण्डे र श्रेष्ठ गोरखाका हुन् ।
सहमहामन्त्रीमा संस्थापन पक्षबाट महिलामा ओमकला गौतम र संस्थापनइतरबाट कोपिला रानाभाट तथा खुलामा संस्थापनबाट राजनराज पन्त र झुलबहादुर आलेले उम्मेद्वारी दिए भने संस्थापनइतरबाट रामचन्द्र जोशी र रमेश पाण्डेको उम्मेद्वारी परेको छ ।
सहमहामन्त्रीमा दुई जनाले स्वतन्त्र उम्मेद्वारी पनि दिएका छन् । युवराज बस्ताकोटी र गणेश सापकोटा कुनै पनि प्यानलका उम्मेद्वार होइनन् ।
११ जिल्लाबाट महिलामा ११ जना निर्वाचित हुनुपर्नेमा १८ को उम्मेद्वारी छ भने ११ जना नै निर्वाचित हुने खुलामा १९ जनाको उम्मेद्वारी परेको छ । दुवै पदमा मनाङबाट कसैले पनि उम्मेद्वारी दिएनन् । मुस्ताङ र तनहुँका दुवै पदमा सर्वसम्मत भएका छन् ।
यस्तै, चार जना निर्वाचित हुने प्रत्यक्ष महिलामा सात जनाको उम्मेद्वारी छ भने आठ जना निर्वाचित हुने खुला प्रत्यक्षमा २६ जनाले मनोनयन दर्ता गराएका छन् । चार जना निर्वाचित हुने खस आर्य महिलामा नाै, चार जना नै निर्वाचित हुने खस आर्य खुलामा १५ जनाको मनोनयन परेको छ ।
पाँच जना निर्वाचित हुने आदिवासी जनजाति महिलामा १०, पाँच जना नै निर्वाचित हुने आदिवासी जनजाति खुलामा १०, एक जना निर्वाचित हुने मधेशी कोटामा दुई, दुई जना निर्वाचित हुने दतिल महिला कोटामा तीन, दुई जना नै निर्वाचित हुने दलित खुलामा चार जनाको मनोनयन परेको छ ।
एक जनाको कोटा रहेको थारूमा दुई जना, एउटा कोटा रहेकाे मुस्लिममा दुई तथा एक जनाको कोटा रहेको अपांग अल्पसंख्यकमा पाँच जनाले मनोनयन दर्ता गराए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend