Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट


    शुक्रबार, मंसिर १७ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ ।

    सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरुकाे अकाउन्ट हटाएकाे हाे । ‘चीनकाे अल्पसंख्यक मुस्लिम समुदाय  उहिगुरलाई हाेच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएकाे छ’, ट्विटरले एक प्रेस विज्ञेप्तिमा भनेकाे छ । 

    चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेकाे सिनजियाङ प्रान्तका उहिगुर मुसलमानकाे नरसंहार गरेकाे अ‌ाराेप लाग्दै अ‌ाएकाे छ । विज्ञहरुका अनुसार १० लाख भन्दा उहिगुरलाई विभिन्न शिविरमा राखिएकाे छ । उहिगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले अ‌ालाेचना गर्दै अ‌ाएकाे छ ।

    चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा अ‌ाफ्ना बिचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयाेग गर्दै अ‍ाएकाे छ । 

    बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङकाे क्षेत्रीय सरकारसँग जाेडिएकाे च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएकाे छ । 

    चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएकाे छ । 

    त्यसैगरी, मेक्सिकाेका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएकाे जनाइएकाे छ । त्यस्तै, नागिरक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएकाे भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएकाे छ । अर्काेतर्फ राष्ट्रपति याेवेरी मुसीभेनीकाे प्रचार गरेकाे भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार