काठमाडौं । एमालेको दसौं महाधिवेशनस्थल सौराहामा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा विशाल भट्टराई अटाउन सकेनन् । उनी भन्दा धेरै पछि बिद्यार्थी आन्दोलन र युवासंघमा काम गरेका किरण पौडेल, किशोरविक्रम मल्ल, गोविन्द थापा, माधव ढु्ंगेलदेखि लुम्बिनी प्रदेशबाट बुटवलका मेयर शिवराज सुवेदीसम्म परे । तर भट्टराई अटाउन सकेनन् ।
खोटाङबाट २ पटक सांसद भइसकेका लोकप्रिय नेता भट्टराई विद्यार्थी राजनीतिबाट आएका हुन् । उनलाई केन्द्रीय सदस्य बन्नबाट रोक्नका लागि ललिता निवास जग्गा प्रकरणमा मुछिएका एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल, ७० करोड घुसको अडियो काण्डमा मन्त्रीपदबाट राजीनामा दिन बाध्य भएका गोकुलप्रसाद बाँस्कोटादेखि शेरबहादुर तामाङका जोईपोई नै लागेको खुलासा भएको छ । महासचिव पदत्याग गरेका पौडेलले केन्द्रीय सदस्यको सूची तयार गरेका थिए । पौडेलको सूची अध्यक्ष ओलीले पनि काट्न नसकेका कारण भट्टराईको नाम पर्नसकेन । भट्टराई खोटाङका जनाधार भएका नेतामा पर्दछन् । विद्यार्थी राजनीतिबाट आएका भट्टराई शंकर पोखरेलका निकट भएकाले पनि पौडेलले उनलाई रोक्न खोजेका हुन् ।
भट्टराईले ललिता निवासको जग्गा फिर्ता गरेकै भरमा पौडेललाई उन्मुक्ति दिनु नहुने सार्वजनिक अभिब्यक्ति दिएका थिए भने बिजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ घुस मागेको अडियो प्रकरणमा पनि बिरोधमा बोलेका थिए ।
शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राईले पनि भट्टराईलाई केन्द्रीय कमिटीमा पर्न नदिन भूमिका खेलेका थिए । उषाकलालाई एमालेको नवौं महाधिवेशनमा प्रतिनिधि बन्नबाट रोक्ने काममा उनी लागेको प्रतिशोध पनि उनमा थियो । बिष्णु पौडेल, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङका जोाईपोई सबैको स्वार्थ किलेका कारण भट्टराई केन्द्रीय सदस्यमै पर्न नसकेको चर्चा एमाले बृत्तमा छ ।
उषाकला राई आगामी प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट टिकट उछिट्याउने दाउमा छिन् । भट्टराईलाई पार्टीको केन्द्रीय सदस्यमै रोक्न सके आगामी संघीय संसदको निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड बन्दा आफू पर्न सकिने रणनीतिमा राई छिन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend