Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • जुम्लाका विपन्न र अपांगता भएका साढे पाँच सयलाई खाद्यान्न राहत


    शुक्रबार, मंसिर १७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । जुम्लाकाे कनकासुन्दरी र चन्दननाथ गाउँपालिकाका पाँच सय ५५ व्यक्तिलाई राहत वितरण गरिएको छ ।

    कोरोनाका कारण प्रभावित भएका २ सय ४९  जना अपाङ्गता भएका व्यक्ति र विपन्न नागरिकलाई  गरी पाँच सय ५५ जनालाई राहत वितरण गरिएको अपांग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले जानकारी दिएकाे छ ।

    सहायता कार्यक्रम अन्तर्गत करिब ६ महिना पुग्ने खाद्यन्न वितरण गरिएको केन्द्रका अध्यक्ष नन्दराज धितालले बताए  ।

    जसमा चामल ६० केजी, दाल १५ केजी, १ किलो नून, दुईवटा सावुन, जिरा, खुर्सानी, धनिया सहितका खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार