काठमाडौं । निशर्त राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहनेगरी संवैधानिक राजतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ ।
राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा राजतन्त्रदेखि गणतन्त्र पक्षधरसम्मलाई अटाउन नयाँ मोडलको संवैधानिक राजतन्त्र जरुरी रहेको उल्लेख छ ।
‘सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रनितिनिधिहरूले गर्ने तथा संसदको परिधि र नियन्त्रणअन्तर्गत राष्ट्रियता र साँस्कृतिक एकताको प्रतीकको रुपमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसात गर्नेछ,’ कार्यपत्रमा भनिएको छ ।
यो कार्यपत्रमाथि राप्रपाको बन्दसत्रमा छलफल जारी छ । राप्रपाले राष्ट्रियता र साँस्कृतिक एकताको प्रतीकको रुपमा संवैधानिक राजसंस्था आवश्यक रहेको भन्दै सबैलाई अटाउन संसदको नियन्त्रणमा राजसंस्था जरूरी रहेको भनेको छ।
पार्टीको सिद्धान्त सम्वर्धनवाद भएको उल्लेख गर्दै थापाले पेस गरेको कार्यपत्रमा भनिएको छ, ‘राप्रपा सम्वर्धनवादमा विश्वास गर्ने पार्टी भएकोले एक प्राचीन संस्थाको रुपमा राजसंस्थालाई समयानुकुल परिमार्जन गर्दै कायम राख्नुपर्छ भन्ने दृढ मान्यता राख्छ ।’
विगत १२ वर्षको राजनीतिक घटनाक्रम तथा राजनैतिक अभ्यासले समेत राजसंस्थाको औचित्य पुष्टि हुँदै गएको कार्यपत्रमा उल्लेख छ । ‘प्राचीन संस्था भएको कारणले मात्र होइन नेपालको भू-राजनीतिक स्थिति, धार्मिक सामाजिक परिवेश एवं वर्तमान राजनीतिक अवस्थाको पृष्ठभूमिमा राजासहितको प्रजातन्त्रको सान्दर्भिकता पुष्टि हुन्छ,’ थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा उल्लेख छ ।
राप्रपाले कुनै पनि शक्तिलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व कायम हुन नसक्ने भन्दै कार्यपत्रमार्फत भनेको छ, ‘त्यसर्थ, राजादेखि माओवादीलगायतका सबै पक्ष, वर्ग र समुदाय अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास नै वर्तमान समयको आवश्यकता हो र त्यो सम्भव छ भन्ने राप्रपाको दृढ विश्वास छ ।’
नेपालको संविधान जारी भएपछि नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यलाई स्वीकार गरिएको कार्यपत्रमा भनिएको छ, ‘२०६२÷६३ को जनआन्दोलनपछिको परिवर्तन एवं नेपालको संविधान २०७२ जारी भएपश्चात नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्य प्रति पनि राप्रपा सचेत रहेको छ । त्यसर्थ, अबको राजसंस्था परिवर्तनका पक्षधरहरूलाई समेत चित्त बुझ्ने सहमति र सम्झौतको साझा संस्था हुनेछ ।’
राष्ट्रनिर्माणको वैकल्पिक बाटो : सम्वर्धनवाद
राप्रपाले पार्टीको मुल सिद्धान्त र कार्यदिशा सम्वर्धनवाद भएको बताएको छ । थापाले सम्वर्धनवादलाई कार्यपत्रमा यसरी व्याख्या गरेका छन्–
सनातन धर्म, संस्कृति, मर्यादा, परम्परा, संस्थाहरूको संरक्षण र सम्वर्धन गर्दै तथा राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ तुल्याउँदै सबल र समृद्ध राष्ट्रनिर्माण गर्ने अवधारणालाई सम्वर्धनवाद भन्न खोजिएको हो ।
वीरतापूर्ण र गौरवशाली इतिहासको जगमा नेपालको राष्ट्रिय स्वतन्त्रता, एकता र सार्वभौमिकता सुदृढ तुल्याउने सोच र चाहनाको परिणाम समेत हो सम्वर्धनवाद ।
व्यक्ति, परिवार, समाज र राष्ट्र निश्चित मूल्य र मान्यताको जगमा खडा भएको हुन्छ । कुनै पनि परिवार, समाज वा देश शून्यमा खडा भएको हुँदैन । प्राचीनकालदेखि नेपाली समाज र राज्यव्यवस्था सनातन धर्म, सँस्कृति र परम्पराको धरातलमा खडा रहेको तथा चल्दै आएको तथ्य सर्वविदित छ । सम्वर्धनवाद त्यही धरातललाई सुदृढ बनाउने मान्यता हो ।
धरातल कमजोर भयो भने राष्ट्रको अस्तित्व पनि खलबलिन्छ । सम्वर्धनवाद नितान्त नवीन अवधारणा होइन । यो नेपाली समाज र राज्यको अस्तित्वसँग गाँसिएको प्राचीन र मौलिक दर्शन हो । नेपालको परिवर्तित राजनीतिक र सामाजिक परिवेश एवं जनचाहनाको पृष्ठभूमिमा सम्वर्धनवादलाई सहमति र सम्झौताको साझा र मध्यमार्गी वैचारिक बाटोको रुपमा विकास गर्न खोजिएको छ । यो मान्यता परिवर्तन विरोधी होइन, निरन्तरतासहितको परिवर्तनको पक्षपाती हो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend