Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • पीएसजी रोकियो, शीर्ष स्थानमा १२ अंकको अग्रता 


    बिहिबार, मंसिर १६ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

    स्टार खेलाडी नेयमार चोटका कारण उपलब्ध नभएको खेलमा पीएसजी घरेलु मैदानमा निससँग गोलरहित बराबरीमा रोकिएको हो ।

    पार्क डेस प्रिन्सेसमा बल पोसेसन बलियो बनाएपनि पीएसजी गोल गर्न असफल भएको हो ।

    भर्खरै सातौं पटक कीर्तिमानी बोलोन डि ओर जितेको मेस्सीसहित केलियन एम्बाप्पे र एन्जन डि मारिया अग्रपंक्तिमा गोल गर्न चुकेका थिए ।  

    बराबरीसँगै पीएसजी १६ खेलबाट ४१ अंक साथ शीर्ष स्थानमा छ । निस २७ अंक जोडेर चौथो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार