Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • आयोजक गुरुङ स्पोर्ट्स हाउसको विजयी सुरुवात


    बुधबार, मंसिर १५ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको बुधबार भएको खेलमा प्रदेश तीनलाई मिश्रित परिणाम हात लागेको छ । 

    प्रदेश तीनको रातो टोलीले चितवनको कर्पाकेली युवा क्लबलाई २५–१७, २५–१८ ले हरायो । नेपाल भलिबल संघले प्रदेश तीनको निलो टोलीलाई २०–२५, २५–२०, १५–११  ले हरायो ।

    अर्को खेलमातनँहको भिर्लुङले धादिङ एडभान्सलाई  २५–१३, २५–२३ ले हरायो । आयोजक गुरुङ स्पोर्ट्स हाउसले साझायातायातसँगको खेलमा २५–२३, २५–१८ ले सफलता पायो । मडाल स्पोर्ट्स क्लबले प्रदेश एकको रातो टोलीलाई १६–२५, २५–१९, १५–१३  ले हरायो । 

    प्रदेश एक सेताले धादिङ एडभान्ससँगको खेलमा २५–७,२५–१९को सफलता पायो । 

    ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमा जारी प्रतियोगिताको लागत १५ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

    प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ  भने उपविजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।

    चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता लिग नकआउटको आधारमा हुनेछ । एक टोलीमा पाँच  खेलाडी  समावेश हुनेछन् । चार खेलाडी मैदानमा उपस्थित हुने प्रावधान छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार