Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोभिड १९ ले मृत्यु भएका व्यक्तिका परिवारलाई लागि आर्थिक सहायता उपलब्ध गराइने


    बुधबार, मंसिर १५ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । कोरोना भाइरस कोभिडका कारण मृत्यु भएका व्यक्तिको परिवारका लागि स्वास्थ्य कार्यालय लमजुङमार्फत आर्थिक सहायता उपलब्ध गराइने भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशको कोभिड १९ को कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणा पत्र २०७८ तथा स्वास्थ्य कार्यालय लमजुङको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक सहायता उपलब्ध गराइने भएको हो ।

    कार्यालयका प्रमुख अमर दवाडीका अनुसार आर्थिक सहायताका लागि एक सूचनामार्फत नागरिकलाई अनुरोध गरिएको छ । लमजुङ जिल्लामा स्थायी ठेगाना भई कोभिड १९ को कारण नेपाल भित्र मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रमका लागि आवेदन दिन अनुरोध गरिएको छ । कोभिडले मृत्यु भएका व्यक्तिको परिवारलाई केही रूपमा सहजता प्रदान गर्न उक्त कार्यक्रम सञ्चालन हुन लागेको उनले बताए ।

    कार्यक्रमअन्तर्गत ५० हजार रुपैयाँ पाउनेछन् ।  आर्थिक सहायता लिनका लागि कोभिड १९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालले दिएको कोभिड १९ कारण मृत्यु भएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको बैंक खाता चेकको प्रतिलिपि, मृतकको नजिकको नातेदार सम्बन्धमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रलगायतको कागजात बुझाउनुपर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार