Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • भरुवा बन्दुक सहित एक जना पक्राउ


    बुधबार, मंसिर १५ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–५  बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारेका ५६ वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक जीवन कुमार गौतमले जानकारी दिए । 

    प्रहरी निरीक्षक गौतमका अनुसार राईले विना लाइसेन्स भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा खमारे बाट पक्राउ गरिएको बताए । 
    जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले राईलाई मंगलबार पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका राईमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार