काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर १२ हजार ७२७ नमुना परीक्षणमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी, बुधबार कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ११ हजार ५२९ पुगेको छ।