काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको १ सयौँ वर्ष पूरा भएको अवसरमा पार्टीको १९ औँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकले ऐतिहासिक निर्णय गरेको छ ।
पार्टीले आगामी १ सय वर्षका लागि चीनको भविष्यको खाका कोर्दै बैठक सम्पन्न गरेको छ । यही सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको अन्तर्राष्ट्रिय विभागले दक्षिण एसियाका वामपन्थी पार्टीहरुलाई बैठकका अनुभव र निर्णयहरुबारे मंगलबार जानकारी साझा गरेको थियो ।
भर्चुअल रुपमा आयोजना गरिएको उक्त बैठकमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, नेकपा माले, मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टीका साथै श्रीलंका, भारत र बंगलादेशका वामपन्थी पार्टीहरुको सहभागिता रहेको थियो । बैठकमा २० भन्दा बढी पार्टीका ३ सयजना भन्दा नेताहरु सहभागी रहेका थिए ।
बैठकलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको अन्र्ताष्ट्रिय विभागका मिनिस्टर सोङ ताओले १९ औँ केन्द्रीय कमिटीको छैटौँ बैठकको महत्वबारे प्रकाश पार्दै चीन चिनियाँ विशेषतासहितको समाजवादको नयाँ युगमा प्रवेश गरेकोमा जोड दिएका थिए । उनले एक वर्षको अवधिमा चीनले कसरी चामत्कारिक गतिमा आर्थिक विकास हासिल गर्न सक्यो भन्ने विषयमा चीनको अनुभव पनि साझा गरे । ‘यो एक सय वर्षको अनुभवले हामी कसरी सफल भयौँ भनेर सिक्न सक्छौँ र भविष्यमा कसरी सफलता पाउन सकिन्छ भनेर सिक्न सक्छौँ,’ उनले भने, ‘विश्वभरका वामपन्थी पार्टीहरु जातीय स्वाधिनता, राष्ट्र धनी र जनता सुखीको उद्देश्य हासिल गर्नका लागि काम गरिरहेका छौँ । हाम्रो अनुभव उस्तै छ । त्यसैले हामीले एकअर्कालाई बुझ्न र समर्थन गर्न सकिछौँ ।’
मिनिस्टर सोङ ताओले चीनको अनुभव सुनाउँदै देशको उन्नति र प्रगतिका लागि बलियो नेतृत्व र वैज्ञानिक सिद्धान्त चाहिनेमा जोड दिएका थिए । ‘बलियो नेतृत्वका कारण नै चिनियाँ कम्युनिस्ट पार्टीले सिंगो राष्ट्रलाई एउटा सिद्धान्तमा एकीकृत गर्न सफल भयो ।’ उनले माक्र्सवादको सिद्धान्तलाई कसरी आफ्नो देशको वास्तविक अवस्था, संस्कृति र परम्परसँग जोडेर नयाँ सिद्धान्तको प्रयोग गर्न सकिन्छ भन्ने चीन बलियो उदाहरण भएको जिकिर गरे । ‘१८ औँ महाधिवेशनदेखि यता हामी चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रयोग प्रवेश गरेका छौँ ।
महासचिव सी जिनफिङको नेतृत्वमा चीन राष्ट्र बलियो र जनता धनी बनेका छन् । किनभने हामी चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ जिनपिङ विचारधारा छ ।’ ‘हामी आफ्नो देशको वास्तविक अवस्थतासँग अनुकूल बाटो हिँड्नुपर्छ । हामीले माक्र्सवादको आधारभूत सिद्धान्त र चीनको वास्तविक अवस्थालाई एक अर्कासँग जोडेका छौँ । हाम्रो देशसँग अनुकूल भएको चिनियाँ विशेषतायुक्त समाजवादको सी विचारधारालाई अघि सारेको छाँै,’ उनले भने । चीनले पनि अरु देशको अनुभावबाट पाठ सिकेको भए पनि यो सिद्धान्त अरुको हबहु नक्कल भने नभएको उनले जिकिर गरे । ‘त्यही भएर हामीले आर्थिक रुपमा द्रूत रुपमा विकास गर्न सक्यौँ, चमत्कार हासिल गर्न सक्यौँ,’ उनको भनाइ थियो ।
वामपन्थी पार्टीहरुले जहिले पनि जनतालाई केन्द्रीय स्थानमा राख्नुपर्ने उनको तर्क थियो । ‘जनता भनेको देश र देश भनेको जनता हो । त्यसैले हामीले गरिबी निवारण गरेका छौँ, कोरानाविरुद्ध विजयी हासिल गर्न सफल भएका छौँ, सम्पन्न समाज निर्माण गरेका छौँ ।’ उनले वामपन्थी पार्टीले आत्मक्रान्ति गर्नुपर्नेमा पनि जोड दिए । ‘नयाँ सिद्धान्त लागू गर्दा हामीबाट केही गल्ती भए । तर, आत्मक्रान्तिका कारण ती गल्तीलाई पनि सुधार गर्दै अघि बढ्न सक्यौँ ।’ मिनिस्टर सोङ ताओले अब चीनले दोस्रो सय वर्षको सपना साकार गर्न कामको थालनी गर्ने जानकारी दिए ।
बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ कम्युनिस्ट पार्टीले अंगिकार गरेको सिद्धान्तलाई समीक्षा गर्दै पार्टीको नयाँ यात्रा तय गर्न, चीन र विश्वकै विकासको नयाँ युगको शुरुवात गर्न र विश्वका सबै राष्ट्रहरूबीच ‘विन–विन’ को अवस्थामा विश्वका राष्ट्रबीच सहकार्य गरेर साझा भविष्यसहितको समुदाय निर्माण गर्नका लागि छैटौँ विस्तारित बैठकको विशेष महत्व रहेको बताएका थिए । उनले नेपाल सधैँ ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र तिब्बत, ताइवानलगायतका विषयहरु चीनको आन्तरिक मामिला रहेको भन्ने नेपालको धारणा रहेकोमा पनि जोड दिएका थिए ।
यसअघि, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पनि चिनियाँ नेताहरुलाई विस्तारित बैठकको सफलताको शुभकामना दिएका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको सफलताबाट दक्षिण एसिया मात्र नभए विश्वकै कम्युनिस्ट पार्टीहरू प्रभावित बनेको पनि बताए । त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि आमन्त्रण गरिएको थियो ।
बैठकमा महासचिव विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीलाई एकसय वर्ष पूरा गरेकोमा साथै छैटौँ विस्तारित बैठकले लिएका ऐतिहासिक निर्णयका लागि बधाइ दिएका थिए । उनले चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै उनले आफूहरु पनि नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेको जिकिर गर्दै यसका लागि आन्तरिक र वाह्य धेरै चुनौतिहरु रहेको पनि उल्लेख गरेका थिए ।
अन्त्यमा उनले चिनियाँ नेतालाई कम्युनिस्ट आन्दोलन र समाजवादका विषयमा धारणा माग्दै प्रश्न राखेका थिए । कार्यक्रममा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का सीताराम यचुरी, बंगलादेशको कम्युनिस्ट पार्टीका नेता दिलिप बरुवालगायतले चिनियाँ कम्युनिस्ट पार्टीलाई शुभकामना दिएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend