Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • राप्रपा महाधिवेशन: प्रतिनिधिको सूचीमा व्यापक फेरबदल गरेको भन्दै पार्टी कार्यालयमा बबाल


    बुधबार, मंसिर १५ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संस्थापनले जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिको सूचीमा व्यापक फेरबदल गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को लिङ्देन समूहले विराेध गरेकाे छ ।

    यही विवादका बीच राजेन्द्र लिङ्देन समूहले गएराति पार्टी कार्यालय घेराउ गरे गर्नुका साथै अध्यक्ष कमल थापाविरुद्ध नाराबाजी गरेका छन् ।

    तर, राप्रपा नेता राजाराम बर्तौलाले जिल्लाबाट सिफारिस भएका प्रतिनिधि महाधिवेशनमा सहभागी हुन नसक्नेको ठाउँमा अर्को प्रतिनिधि राख्न खोज्दा विरोध भएको बताएका छन् ।

    लिङ्देन निकटले भने कमल थापाकै योजनाअनुरुप चलखेल गरेर महाधिवेशन प्रतिनिधि आफू निकटको राख्न खोजिएको आरोप लगाएको छ ।

    राप्रपा नेता दमन बस्नेतले केन्द्रीय कार्यालय धुमबाराहीमा संस्थापन पक्षद्वारा राजेन्द्र लिङ्देन पक्षधर मतदाताहरूको नाम नामावलीबाट हटाउन लागेको खबर बाहिरिएपछि आफूहरु मध्यरातमा पार्टी कार्यालय घेराउ गर्न पुगेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार