Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमै मोबाइल उत्पादन गर्न अर्थमन्त्रीको आग्रह, भने- सरकारले आवश्यक सहयोग गर्छ


    बुधबार, मंसिर १५ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । 

    यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउँदै बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटनमा अर्थमन्त्री शर्माले यसाे भनेका हुन् ।

    उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारीसमेत दिए । अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए ।

    एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार