सर्लाही । प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले एक दैनिक पत्रिकामा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मन्त्रीको अंगरक्षकको आतंक भन्ने शीर्षकमा आएको समाचारमा आफ्नो आपत्ति रहेको उनले बताएका हुन् ।
‘मसँग कुरा नै भएको छैन तर मेरो भनाइ राखिएको छ,’ मन्त्री सिंहले भने, ‘समाचार एकपक्ष छ किनकि त्यहाँ दिएको जानकारी नै गलत छ ।’ उनले आफ्नो अंगरक्षकको नाम रामचन्द्र महतो नरहेकोसमेत प्रस्ट्याए ।
सर्लाहीको क्षेत्र नम्बर ४ स्थित प्रदेश १ अन्तर्गतको सम्पूर्ण वडामा निर्वाचन भइसकेको समेत मन्त्री सिंहले बताए । ‘मेरो प्रदेशअन्तर्गतका सम्पूर्ण वडामा शान्तिपूर्ण रूपमा निर्वाचन भइसकेको छ । केही असन्तुष्ट पक्ष आफ्नो हारलाई स्वीकार गर्न नसक्दा मलाई विभिन्न आरोप लगाउने र मेरो बदनामी गर्ने कार्यमा जुटेका छन्’, मन्त्री सिंहले भने । उनले आफू छिट्टै प्रदेश क्षेत्र र क्षेत्रको अधिवेशन गर्न प्रयास गरिरहेको बताए ।
उनले बलरा नगरपालिकामा अधिवेशन हुँदा एक मतदान अधिकृत कुटिएको र अर्का एक मतदान अधिकृत बेपत्ता भएकोसमेत बताए ।
‘अधिवेशनमा कठिनाइ भयो भन्ने थाहा पाएपछि कार्यकर्ताको आग्रहमा म त्यहाँ पुगेको हुँ । ममाथि नै आक्रमणको प्रयास भएको थियो । तर, समाचारमा एकपक्षीय रूपमा गलत सूचना सम्प्रेषण गरियो’ मन्त्री सिंहले भने । उनले यसै सातामा क्षेत्रीय अधिवेशन सक्ने तयारीमा आफूहरूरहेको समेत प्रस्ट्याए ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend