Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इतिहासमै पहिलो पटक सर्वोच्चमा आजदेखि गोला प्रथा प्रक्रियाद्वारा पेसी


    बुधबार, मंसिर १५ २०७८
    370
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालको सर्वोच्च अदालतमा इतिहासमै पहिलो पटक गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ ।

    आजदेखि गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भए पछि गएको कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू पनि इजलासमा फर्किँने भएका छन् ।

    गत कात्तिक १४ गतेदेखि नेपाल बार सहित सर्वोच्चका कानुन व्यावसायिहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आन्दोलनरत छन् ।

    एक न्यायाधीशका अनुसार गोला प्रथामा सुरुमा न्यायाधीशहरूले गोला तानेर आफ्नो इजलासका लागि सहकर्मी न्यायाधीश छनोट गर्नेछन् ।

    उपस्थित न्यायाधीशको संख्याका आधारमा इजलास टुंगो लागिसकेपछि इजलासले कुन मुद्दा हेर्ने भन्ने निर्धारण गर्न अर्को गोला तानिनेछ ।

    यसरी पेसी तोक्दा कुन मुद्दा कुन न्यायाधीशको इजलासमा दिने भन्ने प्रधानन्यायाधीशको स्वविवेकीय अधिकारमा कटौती हुनेछ  । आज संवैधानिक इजलास, संयुक्त इजलास र एकल इजलास बस्ने दिन हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका कारण आज उनी अदालतमा अनुपस्थित हुने छन् । आज कायममुकायम प्रधानन्यायाधीशका रूपमा दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्ने बताइन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार