काठमाडौँ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रथा प्रक्रियाबाट पेसी निर्धारण हुने भएको छ। प्रधानन्यायाधीशबाट पेसी तोक्ने अधिकार खोसिएर गोला प्रणाली लागु हुने भएको हो।
सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरेपछि गोला प्रथा प्रक्रिया लागु गर्न सम्भव भएको हो।
अब प्रधानन्यायाधीशको चाहनाअनुसारको इजलासमा मुद्दा पार्ने प्रवृत्तिको अन्त्य हुनेछ भने वर्षौंदेखि थन्किएका मुद्दाले पनि पालो पाउनेछन् । मुद्दाको पेसीका विषयमा न्यायालयमा बारम्बार भइरहने विवाद अन्त्य हुने,बिचौलिया,भ्रष्टाचारजस्ता विकृति घट्ने अपेक्षासमेत गरिएको छ।
प्रधानन्यायाधीश जबराले गठबन्धन सरकारमा भागबन्डा खोजेको विषय बाहिरिएपछि न्यायाधीशहरूले उनले तोकेको पेसीअनुसार मुद्दा हेर्न छोडेका थिए।
न्यायपालिकाको नेतृत्वले सौदाबाजी गरेर कार्यपालिकामा भागबन्डा माग्नु निकै गम्भीर भएको भन्दै न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा मागी इजलास बहिष्कार गर्दै आएका थिए।
न्यायपालिकाको थालनीदेखि अहिलेसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशले दैनिक रूपमा मुद्दाका पेसी तोक्दै आएका छन्। प्रधानन्यायाधीशको मनपरीले लामो समयसम्म मुद्दामा पालो नपाउने,आफूखुसी चलेको, पारदर्शी नभएको, बिचौलिया र भ्रष्टाचार बढेको व्यापक गुनासो आएपछि सुधारका लागि विकल्प खोजिएको थियो।
यसअघि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले न्यायालय सुधारका लागि अटोमेसनबाट पेसी तोक्न सुझाव दिएको थियो। सर्वोच्चमा राफल (गोला प्रक्रिया) प्रणालीबाट पेसी तोक्ने विषयमा निकै छलफल भए पनि प्रक्रियामा जान सकेको थिएन। गत भदौदेखि नै गोला प्रक्रियामा जाने भनिए पनि सुरु हुन सकेको थिएन।
आन्दोलनमा रहेका न्यायाधीशहरूको अडानका कारण सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रक्रिया लागू गर्न संशोधित नियमावली र निर्देशिका पास गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालत दोस्रो संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मंसिर १५ देखि लागु हुने निर्णय पूर्ण बैठकले गरेको थियो।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend