Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केन्द्रीय सदस्यमा रावलले खाएनन् शपथ


    मंगलबार, मंसिर १४ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा विजयी भएका भीम रावलले शपथ ग्रहण गरेनन् । एमाले विधान अनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिन मिल्ने व्यवस्था छ । सोही अनुरूप नेता रावल अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा विजयी थिए ।

    एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले रावलको नाम केन्द्रीय कमिटी सदस्यमा पढेका थिए । तर, रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिएका छन् ।

    उनले अध्यक्ष पदमा पराजित भएमा आफू केन्द्रीय सदस्यमा नबस्ने बताएका थिए । विधान अनुसार निर्वाचन समितिले उनको उम्मेदवारी स्वतः केन्द्रीय सदस्यमा पनि राखेको थियो । तर, रावले आफूले उम्मेदवारी नदिएको पदमा पनि राखेको भन्दै दिउँसो आपत्ति जनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार