Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • देशमा चुनावी माहौल बन्दै गएको माओवादी अध्यक्ष दाहालको भनाई


    मंगलबार, मंसिर १४ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा चुनावी माहौल तयार भइरहेको बताएका छन् । रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि)को निधन भएको सातौं दिनको पुण्यतिथीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    विभिन्न पार्टीका अधिवेशन तथा सम्मेलन सम्पन्न भइरहनुले पनि चुनावी माहोल तयार हुँदै गएको दाहालले उल्लेख गरे । उनले भने, ‘विभिन्न पार्टीका सम्मेलन र महाधिवेशनले चुनावको तयारी भइरहेको संकेत गरेको छ, चुनावको वातावरण तयार हुँदैछ, राजनीतिक स्थायित्वको लागि चुनाव आवश्यक छ, यसलाई निष्पक्ष र धाँधलीरहित बनाउनुपर्छ ।’

    उनले पार्टी नेता बन्जाडेको निधनले पार्टीलाई ठूलो क्षति पुगेको पनि बताएका छन् । जनयुद्धकालदेखि नै जस्तोसुकै जोखिम मोलेर पनि पार्टीको काममा अहोरात्र खट्ने बन्जाडेको विशिष्ट प्रकारको स्वभाव र शैली रहेको उनको भनाई थियो । 

    बन्जाडेले परिकल्पना गरेको सहिद पार्क निर्माणको सपनालाई साकार पार्न पार्टीले पहल गर्ने भन्दै त्यो पार्कमा बन्जाडेको सालिक राख्न पनि स्थानीय पार्टीलाई उनले आग्रह गरे । मृतक बन्जाडेको जीवन समेटेर पुस्तक प्रकाशन गर्न पनि पार्टी नेताहरूलाई प्रचण्डले आग्रह गरे ।

    पार्टीका जिल्ला संयोजक नारायण जिसी (निर्मल) को अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा मृतक बन्जाडेकी श्रीमती खुमा बन्जाडे, पार्टी नेताहरू चक्रपाणि खनाल, पूर्णबहादुर घर्ती तथा विभिन्न राजनीतिक

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार